Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

मुटुमा समस्या देखिएपछि बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

2021-06-07 07-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । कोरोना भाइरस संक्रमण जितेका श्रेष्ठको मुटुमा समस्या देखिएपछि पुनः अस्पताल भर्ना भएका छन् ।

उनलाई हिजो बाँसवारीस्थित गंगालाल अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दियो । मुटुको एन्जियोप्लास्टीपछि हाल श्रेष्ठको अवस्था सुधारोन्मुख रहेको छ । अहिले आइसीयूबाट डिलक्स रुममा सारिएको अस्पतालले जनाएको छ । उनको गत वर्ष पनि एन्जियोप्लास्टी गरी स्ट्यान्ड राखिएको थियो । कोरोना संक्रमण भएर मेडिसिटी अस्पतालमा उपचार गराएका श्रेष्ठ गत साता मात्रै घर फर्केका थिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय