Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

मोरङ जिल्लाभर जेठ २५ र २६ गते भेरोसेल खोप लगाइने, कस्ता व्यक्तिले लगाउन पाउँछन् खोप ?

2021-06-07 08-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : मोरङमा सरकारले निर्धारण गरेको मापदण्डअनुसारका व्यक्तिहरुलाई जिल्लाका सबै पालिकाबाट कोभिड१९ विरुद्धको भेरोसेल खोप लगाइने भएको छ। जेठ २५ र २६ गते खोप लगाइने भएको हो।

आइतबार कोभिड १९ खोप समन्व्य समितिका संयोजक कोशहरी निरौलाको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यी व्यक्तिले लगाउन पाउँछन् खोप ?

-६२ वर्ष ६४ वर्ष उमेर समूहका सबैलाई र ६५ वर्षभन्दा माथि उमेर समूहका सबैलाई यसभन्दा अगाडी खोप नलिएको भए उमेर खुल्ने कागजातको आधारमा भेरोसिल खोपको पहिलो मात्रा लगाउने ।

-अग्रपंतीमा खटिदै आएका तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, चिकित्सा शिक्षा इन्टर्न, विद्यार्थी वा ओजेटी गरिरहेका नर्स तथा पारामेडिक्सहरुलाई कोरोनाविरुद्धको खोप लगाउने ।

-हालसम्म कोरोनको खोप नलगाएका अक्सिजन प्लान्टमा काम गर्ने कामदारहरुलाई

-काठमाडौँ उपत्यकामा भेरो सिलको पहिलो मात्रा लगाई एक महिना पुगेकालाई दोस्रो मात्रा


सम्बन्धित खबर