Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

माओवादीको औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्रा बाँकी छ : रायमाझी

2021-06-08 11-06 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, जेठ २५ । नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपवहादुर रायमाझीले नेकपा माओवादी औपचारिक रुपमा विघटनको घोषणा गर्न बाँकी रहेको भन्दै आफूहरु त्यस पार्टीमा फर्किने सम्भावना नरहेको बताउनुभयो ।

रायमाझीले सोमवार साँझ विज्ञप्ति जारी गर्दै माओवादी अध्यक्ष प्रचण्डमा कुर्सीमोह, अस्थिरता, परिवारवाद र भ्रष्ट आचारण रहेको भन्दै सिंगो पार्टीलाई विघटन गरेर कांग्रेस सभापतिको शरणमा पुगेको आरोप लगाउनुभयो । आफू माओवादीमा फर्किन लागेको भन्ने भ्रम प्रचण्ड पक्षबाटै फैलाइएको भन्दै उहाँले आफूहरु केपी ओलीको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा रहेको बताउनुभयो ।


सम्बन्धित खबर