Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

कटारीबाट ताप्ली जाँदै गरेको बोलेरो दुर्घटना, चालक गम्भीर घाइते

2021-06-08 12-06 | Hamro Biratnagar                  


A+ A A-

उदयपुर । उदयपुरको कटारीदेखि ताप्ली गाउँपालिकातिर जाँदै गरेको बोलेरो दुर्घटना भएको छ । कुखुराको चारो लोड गरिएको बोलेरो सोमबार साँझ ७ बजे सडकदेखि ४ सय मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता बेदप्रसाद गौतमका अनुसार घटनामा परी चालक गम्भीर घाइते भएका छन् । उनको उदयपुरगढी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले उद्दार गरी कटारी हस्पीटल उपचारका लागि पठाएको छ ।

जिप्रका उदयपुरका प्रवक्ता गौतमका अनुसार २३ वर्षीय चालक आकाश राई अहिले बोल्न नसक्ने अवस्थामा कटारी हस्पीटलमा उपचार भइरहेको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ चप्लेटी भन्ने ठाउँमा दुर्घटनाग्रस्त बा १३ च ५६४८ नम्बरको बोलेर पूर्णरुपमा क्षति भएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय