Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

ओखलढुङ्गामा कुलोमा डुबेर एक युवकको मृत्यु

2021-06-08 12-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : ओखलढुङ्गामा पानीमा डुबेर एक युवकको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।

सिंचाईका लागि लगिएको कुलोको पानीमा डुबेर मोलुङ गाउँपालिका – ७ का २५ वर्षीय रविन अधिकारीको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

उनका अनुसार मोलुङ खोलामा साथीहरुसँग माछा मार्न गएका अधिकारी घर फर्कने क्रममा सोमबार दिउँसो ४ बजेतिर लडेर कुलोमा डुबेका थिए । कुलोमा डुबेर मृत्यु भएको भनिएको घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय