Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

गाईघाट बजारमा एटीएम फुटाउने एक व्यक्ति पक्राउ

2021-06-08 12-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : उदयपुरको सदरमुकाम गाईघाट बजारमा एटीएम फुटाउने एक व्यक्ति पक्राउ परेका छन् ।

बजारस्थित नविल बैंकको एटीएम मेसिन फुटाएको आरोपमा भारत घर बताउने संलग्न पक्राउ परेका हुन् । घटनालगतै बैंकको क्लोज सर्किट ९सीसी० क्यामेरामा रेकर्ड भएको भिडियोको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता बेदप्रसाद गौतमले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानको क्रममा ती व्यक्ति भारतीय नागरिक रहेको बुझीएको प्रवक्ता गौतमको भनाई छ । उनको साथबाट एटिएम फुटाउन प्रयोग गरिएको सामान बरामद भएका छन् । प्रहरीका अनुसार समातिएका उनी केही समयदेखि गाईघाटस्थित एक फर्निचर उद्योगमा काम गर्दै आएका थिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय