Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

मन्त्रिपरिषद् पुनर्गठनबारे कारण पेस गर्न सर्वोच्चको आदेश

2021-06-08 03-06 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनबारे कारण पेस गर्न सर्वोच्चले सरकारका नाममा आदेश जारी गरेको छ। न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरिम आदेश जारी गर्नुपर्नेरनपर्नेबारे निरुपण गर्नका लागि सरकारका नाममा कारणदेखाउ जारी गरेको हो।

मंगलबार भिडियो कन्फ्रेन्सिङका माध्यमबाट मुद्दाको सुनुवाइ गरिएको थियो। सरकारलाई लिखित कारण पेस गर्न सर्वोच्चले बाटोको म्यादबाहेक १५ दिनको सयम दिएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद साहले राष्ट्रपति कार्यालयसमेतलाई विपक्षी बनाएर मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सोमबार रिट दायर गरेका थिए।

प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरेर कामचलाउ बनेको सरकारले संविधानविपरीत मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै त्यसविरुद्ध रिट दर्ता गरिएको थियो। यो मुद्दाको अर्को पेसी असार ८ गतेका लागि तोकिएको छ।

गत शुक्रबार प्रधानमन्त्री ओलीले जसपाको महन्थ ठाकुर–राजेन्द्र महतोसमेतलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दामाथि सुनुवाइ पनि भइरहेको छ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय