Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

नेपालमा कालो ढुसी सङ्क्रमणको अवस्था के छ ?

2021-06-08 04-06 | Hamro Biratnagar                  


A+ A A-

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नेपालमा अहिलेसम्म कालो ढुसी सङ्क्रमणका करिब एक दर्जन घटना पुष्टि भएका छन्।

त्रिवि शिक्षण अस्पतालमा अहिलेसम्म रिफर भएर आएका बिरामीहरू काठमाण्डू बाहिरका भएको डा।प्रधानाङ्गले बताए।

नेपालमा सुरुमा सीमावर्ती सहर वीरगन्जबाट कालो ढुसीको सङ्क्रमणबारे मन्त्रालयलाई रिपोर्ट गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन्।

मधुमेह भएका, दम रोगी, मिर्गौलासम्बन्धी रोगी र स्टेरोइडको प्रयोग गरेका बिरामीमा म्यूकोर्माइकोसिसको समस्या देखिने गरेको काठमाण्डूको तिलगङ्गा इन्स्टिच्यूट अफ अफ्थ्याल्मलजीमा कार्यरत कोर्निआ विशेषज्ञ डा। रीता गुरुङ बताउँछिन्।

रेटिना विशेषज्ञ डा. नीतिन तुल्स्यानका अनुसार अवसरवादी भनेर चिनिने ‘ब्ल्याङ्क फङ्गस’को सिकार जलेका बिरामी र क्यान्सर रोगी पनि हुने गर्छन्।

स्टेरोइडले शरीरमा रोगप्रतिरोधी क्षमता कमजोर बनाउने भएकोले र त्यस्तै अवस्थामा ‘ब्ल्याक फङ्गस’ले आक्रमण गर्ने हुँदा त्यसको प्रयोगप्रति चनाखो हुनुपर्ने चिकित्सकहरूको सुझाव छ।


सम्बन्धित खबर