Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

ओलीको हस्तक्षेपका कारण प्रदेशको नामाकरण हुन सकेनः आङ्बो

2021-06-08 05-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २५ जेठ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा सालिनताभित्र सफेद झुट व्यक्त गरेको नेकपा माओवादी केन्द्र संसदीय दलको नेता इन्द्रबहादुर आङ्बोले बताएका छन् । प्रदेशसभाको मंगलबारको बैठकमा विषेश समय लिएर बोल्दै आङ्बोले प्रधानमन्त्री केपी ओलीको कारण अहिले मुलुकका संकट आएको छर्लङ्ग रहेपनि मुख्यमन्त्रीले अरुलाई दोषारोपण गरेको बताए ।

प्रतिनिधिसभा विघटन, नेकपाको एकता भंग, असंवैधानिक अध्यादेश र नियुक्तिको चाङ खडा गर्ने, भ्रष्टारचारीको संरक्षण गर्ने प्रधानमन्त्रीको कदमको बचाउ गर्नु गलत रहेको आङ्बोले बताए । कोरोना महामारीको बेला मानवताविरोधी अपराध बालुटारबाट भइहरेको र जनता मरिरहँदा छिमेकी खुसी पार्ने प्रयास मात्र रहेको उनको भनाइ छ ।

प्रदेशको नामांकनको हुन नसक्नुको कारण तत्कालिन नेकपाको संसदीय दलले प्रधानमन्त्री केपी ओलीको निर्देशन नमान्नु रहेको आङ्बोले बताए । प्रदेशसभामा प्रधानमन्त्रीले हस्तक्षेप नगरको भए राजधानीसँगै नाम तोकिने स्मरण गर्दै त्यसलाई मुख्यमन्त्रीले प्रदेशसभाको क्षेत्राधिकारको विषय हो भन्नु सत्य नभएको स्पष्ट पार्नुभयो ।

गत वर्षको बजेटबारे मुख्यमन्त्रीले आपूmमाथि दोषारोपण गर्न खोजेकोप्रति आपत्ती जनाउँदै पूर्वआर्थिक मामिलामन्त्री आङ्बोले आफू जिम्मेवारीबाट भाग्ने पक्षमा नभएपनि सरकारको नेतृत्वले अरुलाई दोष दिनु हाँस्यास्पद रहेको बताए । बजेटबारे मलाई थाहा भएन र झुक्याइयो भन्नु गैरजिम्मेवार कुरा भएको भन्दै उनले मुख्यमन्त्री ढुंगाको मुर्ती हो भन्ने प्रश्न गरे । ‘सरकारको प्रमुखलाई थाहा नभई बजेट आउँछ?’ उनले भने, ‘बजेट मन्त्रिपरिषदबाट पारित भएर आउने तथ्य हो।’

बजेट निर्माणको बेला गैरबजेटरी खर्च गरेर १८–२० वटा गाडी खरिद गर्ने प्रयासमा रोकिएको र थप ६ अर्बको स्रोत सुनिश्चितता अब गर्न सकिन्न भन्दा बजेट बनाउने उपसचिबको आपूmलाई जानकारी नभई सरुवा भएको आङ्बोले स्मरण गरे । आर्थिक मामिला मन्त्रालयले तयार गर्नुपर्ने सार्वजनिक खरिद नियमावली मुख्यमन्त्री कार्यालयले आफैं तयार गरेको स्मरण गर्दै उनले मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीको सम्बन्ध यसबाट कस्तो थियो भन्ने स्पष्ट हुने बताए ।


सम्बन्धित खबर