Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

प्रदेश १ः ताप्लेजुङका सांसदले भनेः सुकेटार विमानस्थलसँग रविन्द्रको कुनै साइनो छैन

2021-06-08 05-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २५ जेठ । सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने संघीय सरकारको निर्णयको विरुद्ध प्रदेश नं. १ को प्रदेशसभामा आवाज उठेको छ । ऐतिहासिक पहिचान बोकेको सुकेटारको नाम परिवर्तन ताप्लेजुङबासी र स्व. नेता रविन्द्र अधिकारीको पनि अपमान भएको ताप्लेजुङका प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले बताएका हुन् ।

अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत आएको संघीय सरकारको बजेटमा सुकेटार विमानस्थलको नाम परिवर्तन गरि रविन्द्र अधिकारी विमानस्थल राख्ने घोषणा गरेका थिए । त्यससको विरोध भइरहेको छ । प्रदेशसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै साम्सोहाङले सु्केटार विमानस्थलसँग रविन्द्र अधिकारको कुनै साईनो नभएकोले नाम परिवर्तन अस्वीकार भएको बताए ।

सुकेटार विमानस्थल स्थापना भएको ४७ वर्ष पुगेको स्मरण गर्दै साम्सोहाङले कुनै पनि कोणबाट नाम परिवर्तनको औचित्य पुष्टि नहुने भएकोले तत्काल त्यसलाई सच्याउन माग गरे । सरकारको गलत निर्णयको विरुद्धमा जिल्लाबासी आन्दोलित रहेको उनले बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय