Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

प्रदेशसभामा मन्त्री आङबुहाङले प्रस्तुत गरे बजेटको सिद्दान्त र प्राथमिकता

2021-06-08 05-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २५ जेठ । प्रदेश १ को प्रदेश सभामा आगामि आर्थिक वर्षको बजेटको सिद्दान्त र प्राथमिकता प्रस्तुत गरिएको छ । मंगलबारको प्रदेशसभा बैठकमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले विनियोजन विधेयक २०७८ को सिद्दान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।

आङ्बुहाङले आर्थिक वर्ष ०७७÷७८को बजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने जानकारी दिए । उनका अनुसार बजेटलाई स्वास्थ्य, शिक्षा, सामाजिक विकास, पूर्वाधार, कृषि, उद्योग, पर्यटन, वन तथा वातवरण लगायतका क्षेत्रमा विभाजन गरिएको छ ।

बजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्ने आर्थिक मामिला मन्त्री आङ्बुहाङले बताए । उनका अनुसार बजेटले स्वास्थ्य, सरसफाई, सुरक्षालगायतका अग्रपंत्तीका कर्मचारीलाई प्रोत्साहन गर्ने, जीवन उपयोगी प्राविधिक तथा व्यवसायीक र रोजगारमूलक शिक्षामा जोड दिने छ ।

जेष्ठ नागरिक ग्राम, चौतारीलगायतका कार्यक्रमहरू, गरिबि निवारणमा सहयोग पुग्ने कार्यक्रमहरूलाई जोड बजेटले जोड दिनेछ । स्रोत सुनिश्चित भएका योजना सम्पन्न गर्न बजेटले प्राथमिकता दिने, मुख्यमन्त्री ग्रामिण सडक योजना, विपन्न परिवारको आवासको व्यवस्था गर्ने कार्यक्रम बजेटले समेट्ने छ । प्रदेशको पानी जनताको लगानी भन्ने नाराकासाथ स्थानिय तहसँगको सहकार्यमा जलविद्युत आयोजनाहरू निर्माण गरी सरकारको आम्दानीको स्रोत बढाउने योजनालाई पनि बजेटले समेटेको छ ।

कृषि उपजको समर्थन मूल्य तोक्ने, कृषि अनुदानको ढाँचा र स्वरुपमा परिवर्तन गर्ने, औद्योगिक करिडोर र औद्योगिक ग्राम निर्माण गर्ने, प्रदेश मातहतका सबै कार्यालय डिजिटल बनाउने, सबै सार्वजनिक सेवालाई विद्युतिय प्रणालीमा आबद्ध गरी सहज रुपमा सेवा प्रबाह गर्नेलगायतका कार्यक्रमलाई बजेटले प्राथमिकतामा राखेको आङ्बुहाङले जानकारी गराए ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय