Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

प्रदेश १ बजेट अधिवेशनः महामारी केन्द्रीत बजेट ल्याउन सांसदहरुको माग

2021-06-08 05-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २५ जेठ । प्रदेश नम्बर–१ का सांसदहरुले कोरोना महामारीसँग जुध्दै जनजीविकालाई सहयोग पुग्ने गरी काम गर्न प्रदेश सरकालाई सुझाव दिएका छन् । आठौँ तथा बजेट अधिवेशनको आज शून्य समयमा बोल्ने सांसदले कोभिड–१९ को नियन्त्रण, रोकथाम र यसबाट बच्नको लागि सरकारले अझ सक्रिय भएर काम गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपाली कांग्रेसकी सांसाद ज्योति सुब्बाले स्वास्थ्यकर्मीलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने बताउँदै अस्पतालमा भेटिन्लेटर र अक्सिजनसहितको व्यवस्था गर्न माग गरिन् । नेकपा (माओवादी केन्द्र)का सांसद झलकसिंह दर्लामीले विश्व महामारीका बेला सरकारले आफ्नो लक्ष्य र भूमिका भुलिरहेको आरोप लगाउँदै झापाको दमकमा प्रहरीले सुकुम्बासीलाई दमन गरेको बताए ।

माओवादी केन्द्रका सांसद नारायण बुर्जामगरले समानुपातिक ढंगले सरकारले बजेट वितरण गर्नुपर्नेमा जिल्लागत रुपमा हेर्दा खानेपानीको लागि बजेट विनियोजनमा भेदभाव भएको बताउ । नेपाली कांग्रेसका सांसद प्रतापप्रकाश हाङ्गामले ताप्लेजुङ जिल्ला कोभिडबाट अति नै प्रभावित भएको भन्दै अक्सिजन प्लान्ट निर्माण गर्न ताप्लेजुङमा एक करोड रुपैयाँ बजेट तत्काल विनियोजन गर्न आग्रह गरे ।

कांग्रेस सांसद लीला सुब्बाले बजेट कहाँ, कता गयो ? भन्ने प्रश्न गर्दै पहिलेका कार्यक्रमहरु नै लाथलिंग बनेको आरोप लगाइन । माओवादी केन्द्रकी सीतादेवी थेवेले ताप्लेजुङको सुकेटार विमानस्थल र चुहानडाँडा विमानस्थलको नाम नफेर्न माग गरिन् । प्रदेशसभामा आजनै आर्थिक मामिला तथा योजना मन्त्री टंकबहादुर आङबुहाङले बजेटका निर्देशक तथा सिद्धान्त प्रस्तुत गरेका थिए ।


सम्बन्धित खबर