Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई एक व्यक्तिले झापड हाने

2021-06-08 10-06 | Hamro Biratnagar                  


A+ A A-

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँलाई एक व्यक्तिले झापड हानेका छन् । मंगलबार फ्रान्सको दक्षिण-पूर्वी क्षेत्रको भ्रमणका क्रममा एक व्यक्तिले उनलाई झापड हानेका हुन् ।

म्याक्रोँलाई छापड हानेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिएको छ । भिडियोमा एक जना व्यक्ति राष्ट्रपति म्याक्रोँको नजिकै पुगेर जोडले उनको गालामा झापड हानेको देख्न सकिन्छ ।

वेलेन्स शहरमा भएको कार्यक्रमका लागि पुगेका म्याक्रोँ आफ्ना समर्थकसँग हात मिलाउँदै अगाडि बढ्दा अचानक मास्क लागएका व्यक्तिले गालामा झापड हान्छन् । यसलगत्तै म्याक्रोँको सुरक्षामा रहेका अधिकारीहरूले उनलाई त्यहाँबाट टाढा तानेर लिएर जान्छन् ।

राष्ट्रपति म्याक्रोँलाई थप्पर हान्ने व्यक्तिले म्याक्रोँवाद मुर्दावादको नारा लगाएका थिए । फ्रान्सका संचारमाध्यमका अनुसार उक्त घटनामा दुई जनालाई पक्राउ गरिएको छ । फ्रान्सका नेताहरूले उक्त घटनाको निन्दा गरेका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय