Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

यसरी लगाइयो विराटनगरमा कोरोनाविरुद्धको भेरोसेल खोप

2021-06-08 11-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २५ जेठ । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकका लागि भेरोसेल खोप उपलब्ध गराएपछि मंगलबार विराटनगर महानगरपालिकाका सबै वडामा खोप लगाउन सुरु गरिएको छ ।

महागरपालिकाले ६२ वर्ष माथिका ज्येष्ठ नागरिकलाई मंगलबार खोप लगाइएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

भोली भने ६० वर्ष माथिकालाई उक्त खोप लगाइने छ । त्यसपछि खोपको आपूर्ति अनुसार अन्य उमेर समूहलाई पालैपालो खोप लगाउने तयारी गरेको कार्कीले जानकारी दिए ।

विराटनगरका लागि ५ हजार ८४६ डोज खोप सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको कार्कीले बताए । खोप लगाउन पाउँदा जेष्ठ नागरिकहरु खुशी देखिएका छन् । महानगरले सबै वडामा गरी ३ हजार डोज खोप वितरण गरेको जनाएको छ ।

विराटनगरका प्रत्येक खोप केन्द्रमा ३ देखि ४ जना कर्मचारी खोपका लागि खटिएका छन् । प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईने लक्ष्य छ । मोरङमा सबैभन्दा धेरै ३१ हजार १८५ डोज खोप सरकारले उपलब्ध गराएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय