Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

एमाले एकताको मूल जड शीर्ष तीन नेता हुन् : योगेश भट्टराई

2021-06-09 09-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : नेकपा एमालेका युवा नेता योगेश भट्टराईले एमाले एकताको मूल जड शीर्ष तीन जना नेता नै रहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै नेता भट्टराईले यस्तो बताएका हुन्।

‘कमरेड केपी ओली आफ्नै पार्टीका बरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने,’उनले लेखेका छन्,‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने।’

उनले एमाले एकताको समस्याको मुल जड नै यही रहेको भन्दै कसले, किन र के का लागि गर्दैछ यो सब भन्दै प्रश्न गरेका छन्।

‘यस बिषयमा कमरेडहरू बिचमा गम्भिर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ,’उनले भनेका छन्।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय