Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

शेरबहादुर देउवाको मुद्दामा बहस सुरु

2021-06-09 12-06 | Hamro Biratnagar                  


A+ A A-

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको मूल विषयमा बहस प्रवेश भएको छ।

शेरबहादुर देउवाको मुद्दामा बहस सुरु गर्न इजलासले निवेदकलाई समय दिएको छ।

निवेदकको तर्फबाट बहस गर्नका लागि आधा घन्टा समय तोकिएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जानकारी दिए।

रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता महादेव यादवले बहस सुरु गरेका हुन्।

आजको बहसको प्रारम्भ हुनु अघि दुई न्यायाधीशले राय राख्ने भनिए पनि रायमा प्रवेश नगरेरै इजलासले नियमित बहसमा निवेदकलाई समय तोकेको हो।


सम्बन्धित खबर