Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

मोरङको केराबारीबाट पेस्तोल र राईफलको गोली सहित दुई जना पक्राउ

2021-06-09 12-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : केराबारी गाउँपालिका ९ देबिझोडा बस्ने ५१ वर्षीय गणेश कुमार लिम्बु र बेलबारी नगरपालिका २ लालभित्ति बस्ने ४१ वर्षीय पदम कुमार लिम्बुलाई विभिन्न हतियार सहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले गणेशको घर तलासी गर्दा भान्सा कोठाबाट १ थान कटुवा पेस्तोल, थ्रिनटथ्री राईफलको गोली ५ थान, गोली लोड गर्ने चाचर २ थान र पेस्तोलको गोली १ थान तथा गणेशको घर आँगनमा पार्क गरेको पदम कुमारको को।१ च ८३६८ नम्बरको कार तलासी गर्दा १ थान खुकुरी र १ थान चक्कु समेत फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै गरी मकावानपुर भिमफेदी गाउँपालिका ८ महाभिर गाउँस्थित सार्वजनिक खाली जग्गाको खाल्डोमा लुकाई राखेको १ थान एकनाले भरुवा बन्दुक मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा बन्दुक लुकाई राखेको भन्ने उजुरी पछि प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय