Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

युवा नेता प्रवीण जैन जनताको सेवामा दिनरात खट्दै

2021-06-09 02-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : कोरोना भाइरसको संक्रमणका कारण जारी निषेधाज्ञाको समयमा समस्यामा परेका गरिब, विपन्न तथा असहाय परिवारलाई जनता समाजवादी पार्टी मोरङका उपाध्यक्ष तथा समाजसेवी प्रवीण जैनले  सहयोग गर्दै आएका छन् ।

जैनले विराटनगरसहित अन्य पालिकामा अभियान चलाउने अभियन्ताहरुलाई समेत प्रोहोत्सान गर्दै १०। १० बोरा चामल गरेका छन् ।

दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गरिरहेकाहरु वर्तमान समयमा सबैभन्दा बढी समस्यामा परेको बेला आफूले सामाजिक दायित्व पूरा गरेको जैनले बताए ।

जैनले हालसम्म १०० परिवारभन्दा बढीलाई चामल, दाल, नुन, सोयाबिन, आलुलतायतका खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।

त्यस्तै उनले दैनिक सडकपेटीमा बसेका लाई खाना खुवाउदै आएका वसिम आलम मार्फत हाम्रो अभियान लाई २ सय ५० केजी चामल , सलिम अंसारी मार्फत ह्युमानिटी फाउन्डेसनलाई २ सय ५० केजी चामल , ताजिम अंसारी मार्फत मानव सहयोगी हातहरुलाई २ सय ५० केजी चामल , तनविरा खाँन मार्फत युवा समाज समुहलाई २ सय५० केजी चामल , दिपक चापागाईं मार्फत बरगाछी युवा समाजलाई २ सय ५० केजी चामल २५ केजी दाल , दिपेश अग्रवाल मार्फत युथ फर रंगेलीलाई २ सय ५० केजी चामल २५ केजी दाल, विरेन्द्र कुमार साह मार्फत सुनवर्षि सहयोग अभियानलाई २ सय ५० केजी चामल,बसन्त यादव मार्फत तालिम केन्द्र युवा ऐक्सन टिमलाई १ सय २५ केजी चामल , निरोज मल्ल र साहिल खान मार्फत युवा अभियान समुहलाई २ सय ५० केजी चामलर नवराज केसी मार्फत मानवसेवा आश्रम विराटनगरलाई २ सय ५० केजी चामल सहयोग गरेका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय