Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ असार ९ गतेबाट सुरु हुने

2021-06-09 03-06 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ अब असार ९ गतेबाट सुरु हुने भएको छ।

संवैधानिक इजलासले सुरुमा शेरबहादुर देउवाको मुद्दाको सुनुवाइ गर्ने र त्यसपछि बाँकी रहेका २९ रिटको सुनुवाइ गर्ने निर्णय गरेको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अब असार ९ गतेबाट सुनुवाइ सुरु गरिने जानकारी दिए।

न्यायाधीश ईश्वर खतिवडाले अन्तरिम माग गरिएको विषयमा आज भएको बहसको आदेश तयार भएको बताए। ‘अघिको बहसको आदेश तयार छ, अलि लामो छ। बाँकी आदेश प्रक्रियामा रहेकाले समय लाग्छ,’ उनले भने।

प्रधानन्यायाधीश राणाले शेरबहादुर देउवाको मुद्दाको परिणामबाट अरु मुद्दा पनि सम्बन्धित हुने भएकाले एउटा एकातिर अरु मुद्दा २९ वटा एकातिर राखेर सुनुवाइ हुने बताए।

इजलासले अब १५ दिनपछि नियमित सुनुवाइ गर्ने भएको छ। रिट निवेदकका अनुसार आजको सुनुवाइपछि इजलासले अन्तरिम आदेश दिन तयार नभएको र विपक्षीका नाममा लिखित जवाफ माग गरेको आदेश भएको बताए। यद्यपि इजलासले गरेको आदेश सार्वजनिक भइसकेको छैन।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय