Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

प्रदेश २ मा सत्ता साझेदारी : कांग्रेसलाई ३ र माओवादी केन्द्रलाई २ वटा मन्त्रालय दिने, शपथ आजै

2021-06-09 06-06 | Hamro Biratnagar                  


A+ A A-

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सामेल गराएर मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्।

कांग्रेसलाई ३ वटा मन्त्रालय र माओवादी केन्द्रलाई २ वटा मन्त्रालय दिने सहमति भएपछि मुख्यमन्त्री राउतले मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्। स्रोतका अनुसार थपिएका मन्त्रीहरुको शपथ आजै (बुधबार) साँझ साढे ७ बजे हुनेछ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नेपाली कांग्रेसको तर्फबाट रामसरोज यादवलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाइ र वीरेन्द्र सिहंलाई सञ्चार मन्त्रालय दिने सहमति भएको छ।

यस्तै माओवादी केन्द्रलाई दुईवटा मन्त्रालय दिने सहमति भएको बताइएको छ। माओवादी केन्द्रबाट सरकारमा भरतप्रसाद साह र जगत यादव सहभागी हुने स्रोतको दाबी छ।


सम्बन्धित खबर