Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

युवाहरु कोरोनाविरुद्ध जनचेतना जगाउँदै, सडकमा हिँड्ने बटुवालाई मास्क र स्यानिटाइजर वितरण

2021-06-09 10-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २६ जेठ । सुनसरीको बर्जु गाउँपालिकाका युवा इन्जीनिर सद्दाम हुसेन अन्सारी (अर्फात खान) नेतृत्वको युवाहरको समुह कोरोना महामारीमा विपन्नको सहयोगी मात्र बनेको छैन, समाजमा कोरोनाविरुद्ध जनचेतना समेत जगाउँदै आएको छ ।

अन्सारीसहितका युवाहरुको समुहले कोरोना भाइरसको संक्रमणबाट बच्न गाउँ समाज र सडकमा आहोरदोहोर गर्नेहरुलाई जनचेतना जगाउने काममा सकृय छ । त्यति मात्र होइन, सो समुहले सडकमा हिँड्ने बटुवाहरुलाई मास्क र स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरुसमेत वितरण गर्दै आएको छ ।

युवाहरुले बुधबार पनि सुनसरीको बर्जु गाउँपालिका वडा नं १ र ६ अन्तर्गत विराटनगरदेखि चिमडीसम्म आवतजावत गर्ने मानिसहरूलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् । चिमडी इलाका प्रहरी कार्यालयको टोली , सुक्रबारी प्रहरी टोली र स्थानीय युवाहरुको समेतको सक्रियतामा हामीले बुधबार सडकमा ओहोरदोहर गर्नेहरुलाई मास्क र स्यानिटाइजर वितरण गरिएको इन्जीनियर अन्सारिले बताए ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय