Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

राष्ट्रिय मारवाडी महिला संगठन र गीता परिवारको आयोजनामा बृहत गीता पाठ हुँदै

2021-06-10 02-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २६ जेठ । नेपाल राष्ट्रिय मारवाडी महिला संगठन र गीता परिवारको संयुक्त आयोजनामा बृहत गीता पाठ हुने भएको हो । बिहिबार संयुक्त रुपमा अनलाई भर्चुअल जुम माध्यामबाट बृतह गीता पाठ हुने भएको हो ।

बिहिबार विहान साढे १० बजेदेखि साढे ११ बजेसम्म जुम एप मार्फत गीता पाठ गराउन लागिएको जनाइएको छ । गीता पाठका लागि जुम एपमा बढीभन्दा बढी श्रद्धालुहरुलाई जोडिन गीता परिवार नेपालले आग्रह गरेको छ ।

गीता परिवार नेपालले गीता प्रशिक्षण ह्वाट्स्एप, जुम लगायतका माध्यमबाट अडियो भिडियो पठाएर गीता पाठ गराउदै आएको छ । श्रीमद्भगवद्गीता पढौं, पढाऔं र जीवनमा उतारौँ भन्ने मूल नाराका साथ विश्वका ७० भन्दा बढी देशहरुमा अनलाइनको माध्यामबाट श्रीमद्भगवद्गीता पठन पाठन सहित एक विश्व प्रसिद्ध संस्थाको रुपमा गीता परिवार स्थापित भइसकेको छ । नेपालमा अनलाइनको माध्यमबाट नेपालका हजारौँ श्रद्धालुहरु यसमा जोडिँदै गइरहेका छन् ।

गीता परिवार भारतले विगत कयौँ वर्षदेखि गीता प्रेमीलाई गीता पढ्न र त्यसको सार बुझाउँदै जीवनमा उतारन सिकाउदै आएको छ । विगत एक वर्षदेखि गीता पाढ विश्वव्यापीरूपमा अनलाइनको माध्यामबाट सञ्चान हुँदै आएको छ ।

गीता परिवार भारतले नेपालमा पहिलो अन्तराष्ट्रिय शाखा स्थापना गरिसकेको छ । हाल नेपालमा धेरै जना गीता परिवार नेपालद्वारा अनलाइन तथा ह्वाट्स्एप मार्फत सञ्चालित गीता पाठमा जोडिदै गइरहेका छन् ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय