Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

न्याय खोज्दै बलात्कार पीडित सुनसरी देवानगञ्जका एक परिवार

2021-06-10 01-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : सुनसरीको देवानगञ्ज–२ की १७ वर्षीया किशोरी बलात्कार घटनाबाट पीडित छिन्। जेठ १७ गते स्थानीय २८ वर्षीय मनोज पासवानले उनलाई जवरजस्ती करणी गरे। खेतको कामका लागि घर बाहिर निस्केको समयमा पासवानले उनलाई मुख थुनेर बलात्कार गरेका थिए। पासवानले कसैलाई भने ज्यान मार्ने समेत धम्की दिएको पीडित बालिकाले बताएकी छिन्।

पीडित १७ वर्षकी भए पनि उनी भर्खर बालकक्षामा भर्ना भएकी हुन्। उनलाई उजुर–बाजुरबारे कुनै ज्ञान छैन। स्थानीयले घटनाबारे थाहा पाएपछि जेठ १८ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा उनले किटानी उजुरी दिइन्। उजुरी दिएपछि ऋषिदेव परिवार ज्याला मजदुरी काममा व्यस्त छ। पीडितका बुवाले प्रहरीमा उजुरी दिएपछिको अवस्थाबारे उनलाई जानकारी छैन। प्रहरी कार्यालयमा बुझ्न पनि पुगेका छैनन्। खेतीको काममा व्यस्त रहेको उनले बताए।

घटनामा संलग्न पीडक भारत तर्फ भागेको उनले बताए। घटना भएको १० दिन बितेपछि उनी पक्राउ परेका छैनन्। पीडितका बुवाले भने, ‘छोरीले न्याय पाउनु पर्छ, गल्ती गर्नेलाई सजाय होस्।’ घटनापछि कसैले मिलापत्रका लागि भने दवाब नदिएको उनले बताए। उनले भने, ‘म केही जान्दिन, समाजले जे गर्छ, त्यो मान्छु।’ समाजले न्याय गर्नेमा उनी आशावादी पनि छन्। ‘एक्लैले भनेर नहुने, समाजले भनेको मान्नैपरो,’ उनले भने।

दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको ऋषिदेवका तीन वटी छोरी छन्। पीडित बालिका सबैभन्दा जेठी हुन्। पीडित बालिकाले पीडक पासवानसँग कुनै प्रेम संवन्ध नरहेको बताएकी छिन्।

देवानगञ्ज–२ का वडाध्यक्ष मजलुम मियाले पीडक घटनापछि फरार रहेकाले खोजी भइरहेको बताए। उनले घटना मिलापत्र गर्न कसैले पनि दवाव दिएको बारे आफूलाई जानकारी नभएको बताए। उनले भने, ‘बलात्कारका घटनामा मिलापत्र हुनै सक्दैन।’

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्र कार्कीले पीडकको खोजी भइरहेको बताए। पीडकलाई कानुन अनुसार कारवाही गरिने डीएसपी कार्कीले बताए।

दलित अधिकारको क्षेत्रमा कार्यरत रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माले पनि घटनाको मिलापत्रबारे थाहा नभएको बताए। बलात्कारको घटना मिलापत्र हुनै नसक्ने उनले बताए।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय