Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

म्यान्मारमा सैनिक विमान दुर्घटना, १२ जनाको मृत्यु

2021-06-10 03-06 | Hamro Biratnagar                  


A+ A A-

म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक दुर्घटनाग्रस्त भएको छ ।

सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिनुभयो । राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो ।

उहाँले खोज तथा उद्धारको कार्य जारी रहेको जानकारी दिनुभयो । तर मन्डालेस्थित अग्नि नियन्त्रक विभागले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरमा विमानमा सवार सबै १२ जनाको मृत्यु भएको जनाइएको छ ।

सेनाका अनुसार दुई जनालाई उद्धार गरी उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय