Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

रंगेलीमा धुमधामका साथ मनाइयो बटसावित्री पुजा

2021-06-10 06-06 | Hamro Biratnagar                  


A+ A A-

जेष्ठ २७, रबिन्द्र बराल : मोरङको रंगेली ,डाईनियाँ, कर्सिया, रामचोक लगायत सिमावर्ति क्षेत्रका विवाहित हिन्दु , मैथिल नारी हरु ले धुमधाम का साथ वटसावित्री पर्व मनाएका छन् ।

रंगेली नगरपालिका ७ आर्दश टोल शुक्रबारेमा रहेको वरको रुखमा पुजाका लागि टकुवा,तित्रिटोल,सहुटोल लवटोली लगायतका महिलाहरु विशेष पुजाआजा गर्ने आएका थिए ।

सत्ययुगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेष्ठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको जन विश्वासका साथ यो पर्व मनाउने गरेका हुन । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत वसि उनीहरुले वरको रुख फेदमा बर्तालु हरुले सामूहिकरूपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र महेश सहितका इष्टदेवको पूजा आराधना गर्ने गरेका छन ।सावित्रीले आफ्नो तपोबलले इष्टदेव रिझाएर ढलेका (अचेत भइ ढलेका, कतिपय सन्दर्भमा मृतजस्तै पनि भनिएको छ ) आफ्ना पति सत्यवान्लाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा रहेको पाईन्छ ।

बिवाहित महिलाहरुले नयाँनयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसरमा आएर ब्राह्मणहरुले सावित्री कथा वाचन गर्ने र ब्रतालुहरुले कथा श्रवण गर्ने यो व्रत परम्परा रहेको छ ।

साथीसङ्गीसँग नाच्दै, गाउँदै वट वृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीहरुका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई साटासाट गरेका थिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय