Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

फ्लोरक्रस गरेका एमालेका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

2021-06-10 08-06 | Hamro Biratnagar                  


A+ A A-

सुर्खेत : कर्णाली प्रदेशमा फ्लोरक्रस गरेका एमालेका ४ जना सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतले बिहीबार यस्तो आदेश दिएको हो।

सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सांसद् पदमा पुनर्बहाल भएका हुन्।

बुधबारमात्रै सांसदहरुले पुर्नबहालीको माग गर्दै सर्वोच्च अदालतमा गएका थिए। वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै एमालेको केपी शर्मा ओली पक्षले उनीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय