Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

मोरङबाट हतियार र लागुऔषध कारोबारमा संलग्न तीन जना पक्राउ

2021-06-10 08-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : प्रहरीले मोरङबाट हतियार र लागुऔषध कारोबारमा संलग्न गिरोहका तीन जनालाई बिहीबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३५ वर्षीय चेवनकुमार धमला, २५ वर्षीय विशाल भनिने खेम भट्टराई र सुनवर्षी नगरपालिका–८ का ६० वर्षीय अब्बास मियाँ रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ९इन्सपेक्टर० सरोज खनालले जानकारी दिए।

सुरुमा प्रहरीले धमला र भट्टराईलाई पक्राउ गरेको थियो। उनीहरुले दिएको सूचनाका आधारमा मियाँ पक्राउ परेका हुन्। धमला र भट्टराई सवार रहेको प्रदेश १–०२–०४१ प ८८८७ नम्बरको मोटरसाइकल पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१० भाउन्नेनजिक बिहीबार बिहान ६ः१५ बजेतिर दुर्घटनामा परेको थियो।

पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा आफै अनियन्त्रित भएर दुर्घटनामा परेको मोटरसाइकलले पैदल हिँडिरहेका दुई किशोर र एक वृद्ध पुरुषसहित तीन जनालाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार रहेका धमला र भट्राईसहित पैदलयात्री बेलबारी–११ का १६ वर्षीय प्रीतम राई, १५ वर्षीय सन्देश दास र काने पोखरी गाउँपालिका–७ का ६५ वर्षीय दिलकुमार योगी गरेर पाँच जना घाइते भए।

उनीहरुलाई उपचारका लागि बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो। धमला र भट्टराईको अवस्था सामान्य छ। अरुलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको छ।

दुर्घटनामा परेर घाइते भएकामध्ये मोटरसाइकलमा सवार धमला र भट्टराईले बोकेको झोला खानतलासी गर्दा लागुऔषध फेला परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। उनका अनुसार झोलाबाट लागुऔषध ८९२ पिस नाइट्राभेट ट्याब्लेट र लगभग १४ ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद भएको थियो।

पक्राउ परेकाहरुविरुद्ध लागुऔषध र हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

 


सम्बन्धित खबर