Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

कर्णाली प्रदेशसभा सदस्य कृष्ण थापा फेरि कारवाहीमा

2021-06-11 12-06 | Hamro Biratnagar                  


A+ A A-

सर्वोच्चले पद जोगाइदिएका कर्णाली प्रदेशसभा सदस्य कृष्ण थापा फेरि कारवाहीमा परेका हुन् । राष्ट्रिय जनमोर्चाले पार्टीको ह्वीप जारी गरेको भन्दै कारवाही गरेको हो । थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेको थियो । तर उनले मतदान नगरेको भन्दै सदस्य समेत नहरने गरी कारबाही गरेको हो । प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा थापालाई पदमुक्त गरेको सूचना दिने तयारी छ ।

यसअघि जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा पनि थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो । तर सर्वोच्चले पुर्नबहाली गरिदिएका थियो ।


सम्बन्धित खबर