Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

बालुवाटारमा प्रदर्शनमा उत्रिएका नागरिक अगुवाहरू प्रहरी नियन्त्रणमा

2021-06-11 12-06 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं : प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गर्ने भनेपछि बालुवाटारमा प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चिकित्सा शिक्षा आयोगमाथि हस्तक्षेप भएको भन्दै विरोध उत्रिएका नागरिक अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले खगेन्द्र संग्रौला, नारायण वाग्ले, सञ्जीव उप्रेतीलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रदर्शनका क्रममा नागरिक अगुवाहरूले 'स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन', 'चिकित्सा शिक्षा आयोगमाथिको राजनीतिक हस्तक्षेप बन्द गर' लगायत नारा लेखिएका प्लाकार्ड बोकेका थिए।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय