Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

प्रदेश १ का राज्यमन्त्री ओझालाई कोरोना संक्रमण

2021-06-11 03-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २८ जेठ । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा कोरोना संक्रमित भएका छन् । राज्यमन्त्री ओझाको सचिवालयले राज्यमन्त्री ओझा कोरोना सङ्क्रमित भएको जानकारी गराएको हो ।

प्रदेश सभा सचिवालय विराटनगरमा गरिएको परीक्षणमा राज्यमन्त्री ओझामा कोरोना पोजेटिभ देखिएको उनका स्वकीय सचिव मिलन घिमिरेले बताए । घिमिरेका अनुसार हाल राज्यमन्त्री ओझा होम आइसोलेसनमा छन् । राज्यमन्त्री ओझासँगै उनका अंगरक्षक र परिवारका दुई जना सदस्य पनि संक्रमित भएका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय