Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

मुख्यमन्त्री पोखरेलमाथि कांग्रेस-माओवादीको आरोप झुटो सावित, नीति तथा कार्यक्रम बहुमतले पारित

2021-06-11 03-06 | Hamro Biratnagar                  


A+ A A-

रूपन्देही, जेठ २८ । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम पारित भएको छ । आज बसेको प्रदेश सभा बैठकले प्रदेश प्रमुख धर्मनाथ यादवले प्रस्तुत गर्नुभएको प्रदेश सरकारको नीति कार्यक्रम बहुमतले पारित गरेको हो ।

यसअघि नीति कार्यक्रम माथिको उठेको प्रश्नको मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिनुभएको थियो । मुख्यमन्त्री पोखरेलले शुक्रबारको प्रदेश सभा बैठकमा आफूले संसदभित्रको राजनीतिक गणितलाई विश्वास गर्ने र अल्पमतमा देखिएको अवस्थामा एक मिनेटपनि सत्तामा नहरने प्रतिबद्धता जनाउनु भयो । ‘मैले संसदभित्रको राजनीतिक गणितलाई विश्वास गर्छु, अराजनीतिक गणितमा विश्वास गर्दिन,’ पोखरेलले भन्नुभयो, ‘बहुमत गुम्यो भने एक मिनेट पनि म सत्तामा रहनु हुँदैन भन्ने लाग्छ ।’

उहाँले जनता समाजवादीका ४ प्रदेश सभा सदस्यको अन्तरिम आदेशमार्फत पुर्नबहाली भएको र विचाराधीन अवस्थामा रहेकाले त्यसको टुंगो लागेपछि मात्र सरकार अल्पमत कि बहुमतको अवस्थामा जाने बताउनु भएको थियो । मुख्यमन्त्री पोखरेलको जवाफपछि सरकारको नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा सत्ता पक्षकाले हुन्छ भन्ने ध्वनी मत दिएका थिए ।

विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र यादव समुह र राष्ट्रिय जनमोर्चाले हुन्न भनेका थिए । तर, हुन्न भन्ने ध्वनी मत कम भएकाले सभामुख घर्तीले बहुमतले पारित भएको घोषणा गर्नुभयो । नीति कार्यक्रम पारित भएसँगै मुख्यमन्त्री पोखरेलको बहुमत प्रमाणित भएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय