Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

नागरिकता माग गर्दै धनुषाको ढल्केबरमा प्रदर्शन

2021-06-11 05-06 | Hamro Biratnagar                  


A+ A A-

धनुषाको ढल्केबरमा नागरिकता माग गर्दै युवायुवतीहरुले शुक्रबार प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतले सरकारले ल्याएको नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि युवाहरुले नागरिकता माग गर्दै प्रदर्शन गरेका हुन् ।

धल्केबरमा युवाहरुले प्लेकार्डसहित सरकारविरुद्ध प्रदर्शन गका हुन्।प्रदर्शनमा जन्मसिद्ध, जन्मका आधारमा तथा आमाको नामबाट नागरिकता पाउनबाट बञ्चित रहेका युवाहरुको सहभागिता थियो । उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

सरकारले अध्यादेशमार्फत जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्ने अध्यादेश ल्याएको खुसियालीमा दीपावलीसमेत मनाएका स्थानीय युवा बिहीबार सर्वोच्च अदालतको आदेशबाट निराश हुँदै नाराबाजीमा उत्रेका हुन् ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय