Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

वर्ल्डभिजनले गर्यो प्रदेश १ सरकारलाई ३८ लाख बरावरको स्वास्थ्य समाग्री हस्तान्तरण

2021-06-11 06-06 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २८ जेठ । गैरसरकारी संस्था वल्र्ड भिजनले प्रदेश–१ सरकारलाई ३८ लाख बढीको स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ । उक्त संस्थाले नेपाल कभर परियोजना चरण–२ अन्र्तगत कोभिड १९ ब्यवस्थापनको उद्धेश्यसहित प्रदेश सरकारलाई ३८ लाख ८१ हजार १ सय २७ रुपैया मुल्य बराबरको स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको हो ।

मुख्यमन्त्री कार्यालय परिसरमा आज आयोजित कार्यक्रमकाबीच वल्र्ड भिजनले मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईलाई संयुक्तरुपमा ती सामाग्रिहरु हस्तान्तरण गरेको हो ।

वल्र्ड भिजनले प्रदेश सरकारलाई अक्सिजन सिलिण्डर १ सय २० थान, पल्स ओक्सिमिटर ७० थान, थर्मल टेम्परेचर गन ७० थान, पिपई सेट १ सय थान सहित अक्सिजन कन्सन्ट्रेटर सहितका सामाग्रि उपलब्ध गराएको वल्र्ड भिजनका निति तथा संचार विज्ञ प्रमिल अधिकारीले बताए ।

सो अवसरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले वल्र्ड भिजनले कोरोना महामारीको पहिलो चरणदेखीनै प्रदेश सरकारलाई आवश्यक सामाग्रिहरु उपलब्ध गराउदै आएको बताए ।

उनले प्रदेश सरकारलाई प्राप्त सामाग्रिहरु प्राथमिकताका आधारमा स्वास्थय संस्थाहरुलाई उपलब्ध गराईने समेत बताए । यस्तै सामाजिक विकास मन्त्री उषाकला राईले कोरोनालाई परास्तगर्न सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै वल्र्डभिजनका तर्फबाट गठित ¥यापीड रेस्पोन्स टीमका संयोजक भदेश्वरी राई र संसार श्रेष्ठ लगायतले आगामी दिनमा वल्र्डभिजनले सहयोगलाई निरन्तरता दिने बताए ।

 


सम्बन्धित खबर