Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्रको दाबी पेस

2021-06-11 07-06 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, २८ जेठ । गण्डकी प्रदेश प्रमुख सीता पौडेलसमक्ष विपक्षी गठबन्धनले ३१ सांसदकव हस्ताक्षरसहित मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखेरललाई प्रस्ताव गरेको छ । गण्डकी ३१ सांसद नै स्वयं प्रदेश प्रमुख निवास पुगेर नयाँ सरकारमा कृष्णचन्द्रलाई प्रस्ताव गरेका हुन् ।

स्वयं उपस्थित भएर हस्ताक्षरसहित कृष्णच्न्द्रलाई मुख्यमन्त्रीमा प्रस्ताव पेस गरेपछि प्रदेश प्रमुखले भोलि खबर गर्ने भन्दै विपक्षी गठबन्धनका सांसदहरूलाई फर्काइदिएकी छन् । 'हामीले हस्ताक्षर बुझायौँ । रुजु गर्न पर्छ भनेर भन्यौँ । त्यहीअनुसार भयो । प्रदेश प्रमुखले भोलि ३ बजेसम्मको समय भएकाले भोलि खबर हुन्छ भन्नुभयो,' प्रदेश प्रमुखको निवासबाट बाहिरिँदै मुख्यमन्त्रीमा प्रस्तावित कृष्णचन्द्रले भने ।

प्रदेश सभामा कायम ५९ सदस्यमध्ये कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चा र जसपाका दुई/दुई र एक स्वतन्त्र सांसद गरेर ३१ सांसदले पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका हुन् ।

प्रदेश प्रमुख पौडेलले शनिबार दिउँसो तीन बजेसम्मको समय दिएर शुक्रबार संविधानको १६८ (५) अनुसार सरकार गठनको आह्वान गरेकी थिइन् । सो उपधारामा कुनै एकल सदस्यले बहुमत पुर्‍याउन सक्ने अवस्था भए मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

सो धाराअनुसार कृष्णचन्द्रलाई मुख्यमन्त्रीमा प्रसाव गर्दै गण्डकीका स्वतन्त्र सांसद दीपक मनाङसहित ३१ सांसदहरूले प्रदेश प्रमुखको कार्यालयमै पुगेर हस्ताक्षर गरेका थिए । सांसदहरूको हस्ताक्षर प्रदेश प्रमुखको कार्यालयले रुज समेत गरेको थियो ।

ठूलो दलका नेताको हैसियतले गत २९ वैशाखमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले बिहीबार संसदमा विश्वासको मत मागेका थिए । तर, ६० सदस्यीय प्रदेश सभाका २७ एमाले सांसदबाहेक अरुले उनलाई साथ दिएनन् । ५७ मत खसेकोमा उनको विपक्षमा ३० मत परेको थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय