Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने विषयमा अर्थमन्त्री र गभर्नरको मत भिन्नता

2021-06-11 09-06 | Hamro Biratnagar                  


A+ A A-

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने विषयमा अर्थमन्त्री बिष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीको भनाई बाझिएको छ ।

मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को नेतृत्वसँगको कुराकानीमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा समावेश भएका शैक्षिक कर्जाहरु आर्थिक वर्षको सुरुबाटै कार्यान्वयन गरिने बताएका छन् । उपप्रधानमन्त्री सम

त रहेका पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखी विद्यार्थीहरुलाई सहुलियतपूर्ण कर्जा दिने कार्यक्रम आगामी आर्थिक वर्षको पहिलो दिनबाटै सुरु हुने दाबी गरेका थिए ।

तर नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सर्टिफिकेट बोकेर बैंकमा जाँदैमा २५ लाख ऋण पाईने नभएको बताएका छन्। अधिकारीका अनुसार यससम्बन्धमा बैंकहरु आफैँले जोखिम हेरेर निर्णय लिने छन् । सरकारले ब्याजमा अनुदान र छुट दिने भएपनि लगानीको जोखिमबारे काम नगर्ने भएकाले राष्ट्र बैंकले यसको मेकानिजम बनाउने काम गरिरहेको उनले बताए ।

साउन १ गतेबाटै शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन कार्यान्वयन गर्ने उनको भनाई छ । अर्थमन्त्री पौडेलले ऋण लिन चाहने विद्यार्थीले आफूले सञ्चालन गर्न खोजेको परियोजना असफल नहुने गरी अनुभवी व्यक्ति तथा संस्थाको सहयोगमा बनाउन आग्रह पनि गरेका छन् ।

तर, गर्भनर अधिकारीले भने उसको व्यवसाय, उसले सर्टिफिकेट धितो राखेर लिएको ऋण तिर्न सक्ने क्षमता लगायतका आधार स्पष्ट हुनुपर्ने बताएका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय