Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

उदयपुरका राई दम्पति तरहरामा मृत भेटिए

2021-06-12 10-06 | Hamro Biratnagar                  

A+ A A-

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाका २५ वर्षीय युवक हेमशेर राई र उनको श्रीमति दुवैजना मृत अवस्थामा भेटिएका छन् । मध्यरात माछा मार्न निस्कीएका श्रीमान् श्रीमतीले सुनसरीको इटहरी वडा नम्बर २० तरहरामा भृत भेटिएका हुन् ।

स्थानीय खार्सला पैनी ९कुलो०मा माछा मार्न जाँदा करेण्ट लागेर हेमशेर र उनीसँगै गएकी श्रीमती २२ वर्षीया शर्मिला राईको मृत्यु भएको हो । दुवैको लाश खेतका लागि पानी ल्याउने कुलोमा ढलेको अवस्थामा भेटिएको छ ।

पानीमा विद्युत लागेपछि उनीहरुलाई करेन्ट लागेको बताइएको छ । राई दम्पतीको शव उठाउन मुचुल्का तयार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रौतामाईका हेमशेर केही वर्षयता इटहरीस्थित रोयल फर्निचर उद्योगमा काम गर्दै आएको इटहरी २० का वडाध्यक्ष मणीराम श्रेष्ठले जानकारी दिए ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय