Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

दीपक मनाङेसहित नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

2021-06-12 09-06 | Hamro Biratnagar                  

A+ A A-

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले शपथ लिएका छन्। नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित पाँच मन्त्रीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ खुवाएकी हुन्।

मन्त्रीमा कांग्रेसका कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रीको शपथ लिएका हुन्।

उनीहरुले बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् । तत्काललाई ११ वटै मन्त्रालय मुख्यमन्त्री पोखरेलले आफैँसँग राखेका छन् ।


सम्बन्धित खबर