Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

गण्डकीका मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र घिमिरेले दिए राजीनामा

2021-06-13 12-06 | Hamro Biratnagar                  

A+ A A-

पोखरा : गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा। राजेन्द्र घिमिरेले राजीनामा दिएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उनले आज राजीनामा दिएको जनाएका छन्।

निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले घिमिरेलाई २०७४ फागुन २१ गते मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए।

लमजुङ स्थायी घर भएका घिमिरेले प्रदेश कानुन निर्माणका लागि ३ वर्ष ३ महिना काम गरे। राजीनामा पत्रमा उनले कार्यसम्पादनका क्रममा त्रुटि भएमा माफी मागेका छन्।

साथै उनले आफ्नो कार्यकालमा सहयोग गर्नेलाई धन्यवाद पनि दिएका छन्।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय