Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

रौतहटमा श्रीमानद्वारा आफ्नै श्रीमतीमाथि एसिड प्रहार

2021-06-13 01-06 | Hamro Biratnagar                  

A+ A A-

रौतहटमा श्रीमानले श्रीमतीलाई एसिड छ्यापेका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ की ३८ वर्षीया दीपिका विकलाई श्रीमान दीपकले एसिड छ्यापेका प्रहरीले जनाएको छ । हिजो बेलुका घरायसी विवादमा दीपकले एसिड प्रहार गरेका खुलेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

दीपकलाई प्रहरीले हिजै बेलुका नै पक्राउ गरेको थियो । पीडित दीपिकाको बायाँ हातको पाखुरा, पेट र कम्मरमा एसिड परेको छ । उहाँको अपोलो अस्पताल चन्द्रपुरमा उपचार भइरहेको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दीपक विकले चन्द्रपुरमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय