Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

प्रदेश १ः आज नीति तथा कार्यक्रम निर्णायार्थ पेश हुने

2021-06-13 02-06 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, ३० जेठ । प्रदेश १ को आठौ तथा बजेट अधिवेशनको सातौँ बैठक सुरु भएको छ । आइतबारको बैठकमा बिहिबार प्रदेशसभामा प्रदेश सरकारको तर्फबाट पेश भएको वार्षिक नीति तथा कार्यक्रम माथि प्राप्त भएका संशोधामाथि छलफल जारी छ ।

आइतबारको बैठकमा संशोधन प्रस्ताव माथि छलफल सकिएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नीति तथा कार्यक्रममा सांसदहरुले राखेका धारणाको जवाफ दिनेछन् ।

मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम माथिको छलफलमा उठेका प्रश्न तथा जिज्ञासा र संशोधनकर्तां सांसदहरुको संशोधनका सम्बन्धमा जवाफ दिनेछन् । मुख्यमन्त्री राईको जवाफपछि प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम निणायार्थ पेश हुनेछ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय