Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

उदयपुरमा रुखको हाँगाले लागेर एक युवकको मृत्यु

2021-06-13 03-06 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर : उदयपुरमा रुखको हाँगाले लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ खोटाङका २२ वर्षीय सरोज राई रहेका छन् ।

आइतबार १२ः२० बजेको समयमा त्रियुगा नगरपालिका–७ पानीतारे स्थित बागेश्वरी सामुदायिक वन उपभोक्ता समितिले काटाएको रुख काट्ने क्रममा टाउकोमा हाँगाले लागेर उनको मृत्यु भएको हो ।

समितिले डिभिजन वन कार्यालय गाईघाट उदयपुरबाट कटान आदेश लिई रुख काटाएको जनाएको छ । उक्त रुख काट्ने क्रममा हाँगाले लागेर घटना स्थलमै राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी बेद प्रसाद गौतमले जानकारी दिनुभयो ।गौतमले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय