Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

प्रदेश १ः नीति तथा कार्यक्रम बहुमतले पारित

2021-06-13 07-06 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, ३० जेठ । प्रदेश १ को आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ को प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबारको प्रदेशसभाको बैठकले बहुमतले पारित गरेको हो ।

नीति तथा कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट सांसद शेखरचन्द्र थापा, माओवादी केन्द्रका तर्फबाट सांसद मोहनकुमार खड्का र जनता समाजवादी दलका तर्फबाट संसदीय दलका नेता जयराम यादवले संशोधनको प्रस्ताव पेश गरेका थिए ।

मुख्यमन्त्री शेरधन राईले संशोधनका लागि राखेको प्रस्तावमा उल्लेख भएका विषय नीति तथा कार्यक्रममा समावेश गर्ने आश्वासनपछि जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले प्रस्ताव फिर्ता लिएका थिए ।

नेपाली कांग्रेस र नेकपा माओवादीका तर्फबाट पेश भएको संसोधनको प्रस्ताव भने सांसदहरू शेखरचन्द्र थापा र मोहनकुमार खड्काले फिर्ता नलिने अडान लिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको थियो । उपसभामुख सरस्वती पोखरेलले प्रदेश–१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरिन् । नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएलगत्तै प्रदेश १ को सरकारलाई बजेट ल्याउने बाटो खुला भएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय