Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

कोशी अस्पतालमा उपचाररत संक्रमितहरु निको भएर घर फर्किने क्रम बढदै

2021-06-13 09-06 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर : कोशी अस्पताल भित्र मेडिकल कक्षमा सञ्चालन गरिएको कोभिड–१९ यूनिटमा कोरोना संक्रमित रहेका विरामीहरु उपचारपछि निको भएर घर फर्किने क्रम बढदै गएको छ ।

विराटनगरस्थित अस्पताल भित्र मेडिकल कक्षमा सञ्चालन गरिएकोे कोभिड–१९ यूनिटमा भर्नाभएका कोरोना संक्रमित विरामीहरु मध्ये ६ जना उपचारपछि आजै डिस्र्चाज भएका छन् । कोभिड–१९ यूनिटमा भर्ना भएका कोरोना संक्रमित २ सय ३३ जना मध्ये १ सय ४८ जना उपचारपछि डिस्चार्ज भएर घरफर्किएको अस्पतालका सुपरिटेन्डेन्ट डा।चुमनलाल दास जानकारी दिए ।

अस्पतालमा दक्ष जनशक्ति रहेका कारण अन्य अस्पताल भन्दा कोभिड–१९ यूनिटमा राम्रो उपचार भएको सुपरिन्टेन्डेन्ट डा। दासले दाबी गरे । संघन उपचारका निम्ति प्रदेश १ मा सञ्चालित ९ वटै कोभिड अस्पतालहरु बिरामीको चाप थेग्न नसक्ने अवस्थामा पुगेपछि सवै पूर्वाधारसहित ५ शैय्याको भेन्टिलेटरसहितको आइसियू, २५ बेडको एचडीयू, ३२ अक्सिजन सहितको ६२ बेडको कोभिड–१९ यूनिट सञ्चालनमा ल्याएको उहाँले बताए ।

कोभिड–१९ यूनिटबाट कोरोना संक्रमित उपचार पछि निको भएर डिस्चार्ज गराएपछि संक्रमितका आफन्तले अस्पतालको उपचार सेवाबाट आफुहरु सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् ।

उपचारमा अहोरात्र खटिएर स्वास्थ्यकर्मीहरुले कसैलाई पनि भेदभाव नगरी सवैलाई समान रुपले उपचार गरेको उनको भनाई थियो । कोभिड–१९ यूनिटमा भर्ना भएका मध्ये ९ जनाको भने मृत्यू भएको अस्पतालले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय