Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

झापामा असार ७ गतेसम्म लम्बियो निषेधाज्ञा

2021-06-14 12-06 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, ३० जेठ । झापामा असार ७ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय झापामा सम्पन्न डीसीसीएमसीको बैठकले निषेधाज्ञा थप गर्ने निणर्य गरेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

उनका अनुसार खाद्यन्न र हार्डवेरलाई विहान ६ देखी १० बजेसम्म सञ्चालन गर्ने निणर्य भएको छ । यस्तै, कृषिजन्य वीउ विजन पसल १० बजेदेखी ४ र मोटर वर्कशप विहान ११ देखी २ बजेसम्म सञ्चालन गर्न दिने बताइएको छ ।

बैंक तथा वित्तीय संस्था पूणर् रुपमा सञ्चालन गर्न दिइने डीसीसीएमसीले निणर्य गरेको छ । अन्य क्षेत्र पूणर् रुपमा बन्द हुने र सञ्चालन अनुमति पाएकाहरुले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने डीसीसीएमसीले जनाएको छ ।


सम्बन्धित खबर