Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

उदयपुरको बेलकामा अक्सिजन प्लान्ट निमार्ण हुने

2021-06-14 11-06 | Hamro Biratnagar                  

A+ A A-

उदयपुर। उदयपुरको बेलका नगरपालिकामा अक्सिजन प्लान्ट निमार्ण हुने भएको छ । अक्सिजन प्लान्ट निमार्णका लागी बिहिबार पि.डि. ईन्जिनियरिङ प्रा.लि. र बेलका नगरपालिका बिच सम्झौता भएको हो ।

सम्झौता पत्रमा नगरप्रमुख दुर्गा कुमार थापा (स्वस्ती) र पि.डि. ईन्जिनियरिङ प्रा।लि।का म्यानेजिङ डाईरेक्टर धर्मराज पौडलले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिघण्टा १ हजार १ सय ५० क्युबिक मिटर अर्थात दैनिक ३८ सिलिण्डर अक्सिजन उत्पादन हुनेगरि सम्झौता गरिएको नगरप्रमुख थापाले बताउनुभयो ।

अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उद्धेश्यले प्लान्ट स्थापनाका लागी नगरपालिकाले सहयोग संकलन गर्दै आईरहेको छ । नगरपालिकाले संचालन गरेको सहयोग अभियानमा ९० लाखभन्दा बढी रकम संकलन भईसकेको मेयर थापाले जानकारी दिनुभयो ।

अक्सिजिन प्लान्ट स्थापना भए पश्चात जिल्लाका नागरिकहरुले अक्सिजनकै अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता हट्ने उहाँले बताउनुभयो । पि।डि इन्जिनियरिङ प्रा।लिका मेनेजिङ्ग डाइरेक्टर धर्मराज पौडेलले सम्झौतामा उल्लेख भए भन्दा अघिनै प्लान्ट स्थापना गरेर नगरपालिकालाई जिम्मा लगाउने प्रतिबद्धता जनाउनुभयो ।

अक्सिजन प्लान्ट स्थापनाको लागि सेवा फाउन्डेसन बाट ३० लाख, केयर नेपाल १० लाख, उदयपुरका ४ नगरपालिकाले १०/१० लाख गरि ४० लाख, गाँउपालिकाहरु बाट ५/५ लाख गरि २० लाख, सप्तरीको सप्तकोशी नगरपालिकाले ५ लाख सहयोग गरेका छन् ।

अक्सिजन प्लान्ट संगै नाईट्रोजन समेत उत्पादन गरिने उद्धेश्यले सम्झौता भएको मेयर थापाले बताउनुभयो । अक्सिजनको तुलनामा ३ गुणा बढी नाईट्रोजन उत्पादन हुने र आवश्यक्ता अनुसार वितरण गरिने नगरपालिकाले जनाएको छ । खुलासा डटकमबाट साभार 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय