Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

३८ श्रीमती, ८९ छोराछोरी र ३३ नाति नातिना भएका जिओना चानाको निधन

2021-06-14 01-06 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, ३१ जेठ । विश्वकै सबैभन्दा ठूलो परिवार भएका भारतमा जिओना चानाको ७६ वर्षको उमेरमा निधन भएको छ । एनडीटीभीका अनुसार ३८ श्रीमती, ८९ छोराछोरी र ३३ नातिनातिना भएका जिओनाको आइतबार निधन भएको हो ।

मिजोराम राज्यका मुख्यमन्त्री जोराम थांगाले ट्वीटरमा विश्वकै ठूलो परिवार भएका जिओना चानाको निधन भएको जानकारी दिएका छन् ।

डाएबिटिज र हाइपरटेन्सनबाट प्रताडित उनको आइतबार दिउँसो ३ बजे अ‍ैजवालको ट्रिनिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

जिओना चाना समूहका प्रमुख थिए । उनी बस्ने गाउँमा ४ सय परिवार बसोबास गर्दछन् । सो समुदायमा पुरुषलाई बहु विवाह गर्न छुट रहेको बताइएको छ । एजेन्सी


सम्बन्धित खबर