Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

होटलमा बसेर युरोकप फुटवल हेरेर झगडा गर्ने खेलाडी र होटल संचालकलाई जरिवाना

2021-06-14 02-06 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञामा होटलमा बसेर युरोकप फुटवल हेरेर झगडा गर्ने खेलाडी र होटल संचालकलाई जरिवाना गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार उपत्यकाको त्रिपुरेश्वरस्थित युनाइटेड विजनेस होटलमा आइतबार विहान ३ बजेतिर झगडा परेको सूचना आएपछि क्रोएसिया र अजरबैजान घर भएका विदेशी फुटवलरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले होटेलका म्यानेजर आश्विन श्रेष्ठ र ८ जना अन्य व्यक्तिहरूलाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएको थियो ।

सरकारले हालै जारी गरेको कोभिड(१९ संकट व्यवस्थापन गर्न बनेको अध्यादेश २०६७८ को दफा २१ को प्रावधान अनुसार उनलाई सीडीओ कालीप्रसाद पराजुलीले जरिवानाको आदेश गरेका हुन् ।

तर, यहाँ होटलका सञ्चालक मात्र नभएर ग्राहक बनेर उपस्थित भएका खेलाडीहरु पनि जरिवाना तिर्न वाध्य भएका छन् । जसमा होटलका संचालक श्रेष्ठलाई ४ लाख रूपैयाँ र ग्राहकहरुलाई जनही १५(१५ हजार जरिवाना तिराइएको छ ।

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा जरिवाना तिरेर रिहा हुनेमा क्रोएसियाका खेलाडी विलिम पोसिन्कोविक, अजरबैजानका नुर्लान जाहिद ओग्लु, धादिङ घर भएकी एलिसा मगर, सिन्धुपाल्चोककी सुनि तामाङ, बुढानिलकण्ठका क्षितिज खड्का, सिन्धुपाल्चोकका नविन लामा र दोलखा घर भएका रोहित तामाङ सहित ८ जना छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय