Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

कोरोना कहरकाबिच मंगलबारदेखि विराटनगरमा विद्यार्थी भर्ना, बैकल्पीक अध्ययन कि ‘फि’ अशुल्ने मेलो ?

2021-06-14 08-06 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, ३१ जेठ । शिक्षा मन्त्रालयले असार १ गतेदेखि विद्यार्थी भर्ना थालेर वैकल्पिक माध्यमबाटै शैक्षिक सत्र अघि बढाउन सर्कुलर गरेपछि विराटनगरसहित मोरङ जिल्लाका सवै विद्यालयले मंगलबारदेखि विद्यार्थी भर्ना लिन सुरु गर्ने भएका छन् ।

सरकारले कोरोना माहामारीका कारण विद्यालयमै विद्यार्थी पुगेर अध्ययन गर्न सक्ने अवस्था नरहेकाले वैकल्पीक माध्यमबाट नयाँ शैक्षिक सत्र सुरु गर्न भनेपछि विराटनगरका विद्यालयहरुले पनि विद्यार्थी भर्ना लिन सुरु गर्ने भएका हुन् । त्यसका लागि विद्यालयले वैकल्पिक माध्यमबाट शैक्षिक गतिविधि अगाडी बढाउन तयारी गरेको जनाएका छन् ।

अभिभावकहरुले शुल्क अशुल्नका लागि मात्र विद्यार्थी भर्ना खुल्ला गर्न लागिएको बताएका छन् । कोरोना कहरकाबिच विद्यालयले भर्ना लिन थाल्नु ‘फि’ अशुल्ने मेलो मात्र भएको अभिभावकहरुले आशका गरेका छन् ।

उनीहरुले इन्टरनेट सवैको पहुँचमा नभएकाले सरकारले विद्यार्थी भर्ना गर्न निर्देशन दिएर महामारीमा अभिभावकलाई थप पीडित बनाउन खोजेको गुनासो गरेका छन् । ‘अहिले पनि कोरोना त्रास छ । छोराछोरीलाई पढ्नका लागि स्कुल पढाउने अवस्था छैन । सुविधा हुनेले त अनलाइनबाट छोराछोरीलाई पढाउलान, तर नहुनेले के गर्ने ?’ एक अभिभावकले भने,‘स्कुललाई फिस अशुल्ने बाहना मात्र चाहिएको थियो । पढाइ त के हुन्छ यो फि अशुल्ने मेलो मात्र हो ।’

अभिभावक संघ प्रदेश १ मा अध्यक्ष देवि पन्थिले विराटनगरमा विद्यालयले दिन सक्ने अभिभावकसँग मात्र शुल्क लिने सहमति भएको बताए । उनले महामारीको समयमा विद्यालयले विद्यार्थीसँग जबरजस्ती शुल्क अशुल गर्न नपाउने बताए । ‘विद्यालयहरुले अहिले मनपरि गर्न पाउँदैनन् । जुन अभिभावकले दिनुहुन्छ र सक्नुहुन्छ उहाँहरुसँग मात्र विद्यालयले शुल्क लिने हो । जबरजस्ति पैसा बुझाउन भन्न पाउँदैनन् ।’ उनले भने,‘कहि कतै कुनै विद्यालयले त्यसो गरेमा हामीलाई खबर गर्नुस्, हामी तत्काल पुग्छौँ ।’

विद्यालयहरुले मंगलबारदेखि नयाँ विद्यार्थीहरुको भर्नासहित पुराना विद्यार्थीहरुको शैक्षिक गतिविधिलाई बैकल्पीक माध्यमबाट निरन्तरता दिने बताएका छन् ।

विराटनगरस्थित सेन्टजोसेफ स्कुलका निर्देशक रोहितजंग थपलियाले अध्ययनरत विद्यार्थीलाई कक्षा ‘अपग्रेड’ गर्दै अनलाइन पढन पाठनको तयारी गरिएको जानकारी दिए । ‘सरकारले असार १ गतेदेखि नयाँ भर्नासहित पुरानालाई निरन्तरता दिने कुरा गरेको छ । अहिले भौतिकरुपमा विद्यार्थीलाई उपस्थित गराउन नसकेको अवस्थामा अनलाइनबाट पठन पाठन सुरु गर्ने हो । यो नै अहिले सवैभन्दा बढी प्रभावकारी माध्याम हो ।’ उनले भने,‘यसलाई अझ प्रभावकारी बनाउन सकिन्छ । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तो उपाय निकालिन्छ । अभिभावक, शिक्षक विद्यालय व्यवस्थापन सवै मिलेर गर्ने हो भने बैकल्पिक विधिबाट एकदमै राम्रो उपलब्धि हाँसिल गर्न सकिन्छ ।’

उनले कोरोना महामारीका करण सवै क्षेत्र प्रभावित भएकाले अभिभावकहरुलाई भर्ना शुल्कका लागि बाध्य नपार्ने बताए । उनले कोरोना माहमारीका कारण सवै क्षेत्र आक्रान्त बनेकाले विद्यार्थी शुल्क लिन लिन विद्यालयले अभिभावकलाई बाध्य नपार्ने स्पष्ट पारे । ‘अहिले कोरोना माहामारीले सवै क्षेत्र चौतर्फी मारमा परेको छ । यस्तोबेला कसैले पनि बाध्य पारेर अभिभावकसँग शुल्क लिनुहुँदैन ।’ उनले भने,‘हामी अभिभावकलाई बाध्य पारेर शुल्क लिदैनौँ ।’

निजि तथा आवाशिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) विराटनगरमा अध्यक्ष इन्द्र राईले अभिभावकहरुको सल्लाह बमोजिम विद्यालयहरुले बैकल्पिक माध्यमबाट शक्षिक गतिविधि अघि बढाउने बताए ।

उनले कोरोना महामारीका कारण अभिभावकहरुको समस्यालाई मध्यनजर गर्दै संस्थागत विद्यालयहरुले अभिभावकसँग जबरजस्ति शुल्क अशुल नगर्ने बताए । ‘नयाँ भेरिन्टको माहामारी पनि सुरु हुने सम्भावना छ । अब ढिलोचाडो सवै प्रविधिमैत्री बन्दै जानुपर्ने आवश्यकता छ । अनलाइको विकलप छैन ।’ उनले भने,‘अहिले अभिभावकको समस्या थाहा छ । त्यसैले जबरजस्ति शुल्क लिनेकुरा आउँदैन । अभिभावकले जे भन्नुहुन्छ हामी त्यहि गर्छौँ ।’

उनका अनुसार विराटनगरमा एक सय भन्दा बढीको संख्यामा विद्यालयहरु रहेका छन भने ती विद्यालयमा करीब ६० हजार विद्यार्थी अध्ययनरत छन् ।

यता मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले माहामारीका कारण प्रविधिमैत्रै बन्दै जानुपर्ने बाध्यताका कारण बैकल्पिक माध्यमबाट शैक्षिक गतिविधि सुरु हुन लागेको जानकारी दिए । ‘अब अलिअलि गरेर शैक्षिक गतिविधि सुरु गर्दै जानुपर्ने अवस्था छ । नगर्दा पनि भएन ।’ उनले भने,‘कसरी गर्ने भन्ने चाहीँ चुनौती छ ।’


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय