Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

लाइन्स क्लब रंगेलीद्वारा आमतोलामा स्वास्थ्य सामाग्री वितरण

2021-06-15 11-06 | Hamro Biratnagar                  

A+ A A-

असार १,रबिन्द्र बराल : मोरङको रंगेली नगरपालिका बडा नम्बर ४ आमतोला स्थित सन्थाल टोलमा लाइन्स क्लब रंगेलीले स्वास्थ्य सामाग्री वितरण गरेको छ । क्लबले मंगलबार सन्थाल टोलका ७० घरपरिवारलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

संस्थाले सन्थाल टोलमा हात धुने साबुन र सेनिटाईजर समेत वितरण गरेको लाईन्स क्लव रंगेलीका कमलेश्वार ठाकुरले जानकारी दिए ।

स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा संस्थाका प्रतिनिधिहरु धर्मधोज पौडेल, प्रमेश्वर मुर्मु, कमलेश मंण्डल , बिकास अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय