Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

प्रदेश १ः आज सरकारले करिब ३४ अर्बको बजेट ल्याउँदै

2021-06-15 12-06 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, १ असार । प्रदेश १ सरकारले मंगलबार प्रदेशसभामा आगामी वर्ष २०७८÷७९ को वार्षिक अनुमानित बजेट पेश गर्दैछ । मंगलबार दिउँसो ३ बजेपछि बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै मन्त्री आङबुहाङले आर्थिक वर्ष २०७८/०७९ को राजश्य र व्ययको वार्षिक अनुमान, आर्थिक विनियोजन विधेयक टेबुल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कोरोना महामारीको बेलामा स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तयार गर्ने गरी प्रदेशसभामा पेश भएको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको थियो ।

प्रदेश सरकारले आगामी वर्षका लागि करिव ३४ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश सरकारका विभिन्न मन्त्रालयहरु र सरकारका निकायहरुलाई ३२ अर्बको सीमा भित्र रहेर कार्यक्रमहरु पेश गर्न भनेको थियो । सोही अनुसार मन्त्रालयहरुबाट सोमबार साँझसम्म सबै योजनाहरु प्राप्त भएको बताइएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय